काठमाडौं : गायिका एलिना चौहान सामाजिक सञ्जालमार्फत भइरहेको दुर्व्यसनविरुद्ध साइबर ब्यूरोमा उजुरी लिएर पुगेकी छन् । उनले चार जनाविरुद्ध अभद्र कमेन्ट र सन्देश पठाएको अभियोगमा जाहेरी दिएकी हुन् । बाँकी विरुद्ध पनि क्रमशः कानुनी प्रक्रिया अघि बढाउने उनको भनाइ छ ।
चौहानले सामाजिक सञ्जालमै यस्तो दुर्व्यवहार गर्नेहरूका प्रोफाइल सार्वजनिक गर्ने अभियान केही दिनदेखि सुरु गरेकी हुन् । ‘माफी माग्नेलाई माफ गरेकी छु, नसुध्रनेलाई अब कानुनले सुधार्छ,’ उनले भनिन् ।
समाजमा सचेतना फैलाउनकै लागि पहिले सामाजिक सञ्जालमा अभियान सुरु गरेको चौहानको भनाइ छ । ‘प्रहरी प्रक्रियासँगै अभियान पनि जारी रहनेछ,’ उनले स्पष्ट पारिन् ।
उनीमाथि प्रयोग भएका अपाच्य शब्द, निजी जीवनमा असर पार्ने टिप्पणी र मानसिक स्वास्थ्यमा चोट पुर्याउने व्यवहारका कारण उनले १० दिनको ब्रेक लिएर अभियान सुरु गरेकी थिइन् ।
प्रतिक्रिया दनुहोस्