बैतडीमा कुकुरको टोकाइबाट एक बालकको मृत्यु

बैतडी : बैतडीमा कुकुरको टोकाइबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका–६ कुयलीगाउँका १२ बर्षीय अनिल साउँदको कुकुरको टोकाइबाट आइतबार मृत्यु भएको स्थानीय समेत रहेका शिक्षक मनोज साउँदले बताए ।

अनिललाई करीब दुई हप्ता अगाडि कुकुरले टोकेको थियो । कुकुराको टोकाइबाट उनको टाउकोमा चोट लागेको थियो । कुकुरको टोकाइबाट घाइते भएका अनिललाई उपचारका लागि धनगढी लगिएको थियो ।

Seti Hospital

धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचार गरेर तीनदिन अगाडिमात्रै घरमा ल्याएका अनिलको स्वास्थ्यमा थप समस्या आएपछि आइतबार अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ । आइतबार साँझ ६ बजेतिर डडेल्धुरा नजिक पुग्दा उनको मृत्यु भएको हो ।

कुकुरको टोकाइबाट घाइते भएका अनिलमा रेबिजका लक्षण देखिएका थिए । उनी पानी देख्ने बित्तिकै निकै डराउने भएका थिए। जनता आधारभूत विद्यालय रौनालीचौडमा कक्षा ७ मा अध्ययनरत अनिलको मृत्यु भएपछि पुरै गाउँ शोकमा डुबेको शिक्षक साउँदले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार