जेसीज एभरेष्टले ल्यायो एसईईमा उत्कृष्ट नतिजा, ४.० जिपिए ल्याउने चन्द भए विद्यालयमै उत्कृष्ट

धनगढी : कैलालीको धनगढी-२ बैयाबेहडीस्थित जेसीज एभरेष्ट माध्यमिक विद्यालयका छात्र जस्टिन चन्दले एसईई परीक्षा २०८१ मा ४.० जिपिए ल्याएर विद्यालयमा उत्कृष्ट भएका छन्।

विद्यालयका उप-प्राचार्य दिपक बहादुर साउदका अनुसार यस वर्ष विद्यालयबाट सहभागी विद्यार्थीहरूमध्ये १७ जनाले ३.६ देखि ४.० जिपिए, २५ जनाले ३.२ देखि ३.६, २७ जनाले २.८ देखि ३.२ र ८ जनाले २.४ देखि २.८ जिपिए ल्याएका छन्।

Seti Hospital

२०३९ सालमा स्थापना भएको विद्यालय २०६१ सालदेखि सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालनमा रहेको छ। विद्यालयले २०५१ सालदेखि एसएलसी परीक्षामा सहभागिता जनाउँदै उत्कृष्ट नतिजा ल्याउँदै आएको इतिहास बोकेको छ।

कक्षा नर्सरीदेखि १२ सम्म पठन–पाठन हुने यस विद्यालयमा २०७७ सालदेखि व्यवस्थापन संकायमा २ तह सञ्चालन भइरहेको छ। कक्षा १२ मा समेत राम्रो नतिजा ल्याउँदै आएको विद्यालयले शैक्षिक सत्र २०८२ का लागि मानविकी तथा व्यवस्थापन संकायमा छात्रवृत्तिसहित नयाँ भर्ना खुला गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार