‘विविधतामा जीवनको सुन्दरता’

कविता जोशी

संसारका हरेक मान्छे फरक हुन्छन् । कोही शान्त स्वभावका हुन्छन्, कोही जोशिला । कसैलाई कला मन पर्छ, कसैलाई विज्ञान, कसैलाई प्रकृतिको रमाइलो मन पर्छ भने कसैलाई शहरको चहलपह त कसैलाई एकान्त प्रिय लाग्छ ।
हरेकको सोच, रुचि, स्वभाव र जीवनशैली भिन्न छन् ।
यिनै फरक स्वभाव, रुचि, क्षमता र सोचले नै यो संसारलाई सुन्दर बनाएको छ ।
सबैको सोच एकै प्रकारको हुन्थ्यो भने कल्पना गर्नुहोस् संसार कति नीरस हुन्थ्यो होला ?

बहस हुने थिएन, नयाँ विचार जन्मिने थिएनन्, चुनौती दिने कोही हुने थिएन। संसारको प्रगति ठप्प हुन्थ्यो ।
यदि सबैजना एउटै धारणा राख्थे भने प्रकृतिको सन्तुलन नै बिथोलिन्थ्यो होला ।
यस्तै कुरा मनोरञ्जनमा पनि लागु हुन्छ । कोही नाच्न रमाउँछन्, गीत गाउँछन्, जोशपूर्वक मञ्चमा उफ्रिन्छन्। अर्कोतर्फ, कोही त्यही कला हेरेर आनन्द लिन्छन्, प्रशंसा गर्छन्, ताली बजाउँछन् । अब सोचौं, यदि सबैजना नाच्नमै लागे, रमाउनमै तल्लीन भए, तिनीहरूलाई हेर्ने, सराहना गर्ने, मूल्यांकन गर्ने को हुन्थे? मनोरञ्जन त तब मात्रै पूर्ण हुन्छ, जब प्रस्तोता र दर्शक दुवै हुन्छन्। यही त सन्तुलन हो ।

Seti Hospital

एउटाले सिर्जना गर्छ, अर्काले सराहना (प्रशंसा)
सडकमा हिँड्दा पनि हामीले फरकपन देख्छौं। कोही हतारमा हुन्छन्, कोही बिस्तारै हिँडिरहेका हुन्छन् । यदि सबैजना एउटै गतिमा एउटै दिशामा हिँडे भने के हुन्थ्यो? कोही पछाडि पर्ने थिएन, कोही अघि बढ्ने थिएन । र, यदि सबै एउटै बाटोमा हिँड्ने भए , बाटो साँघुरिन्थ्यो, एकअर्कालाई कोच्ने, लडाउने, अघिल्तिर बढ्न नसक्ने अवस्था आउँथ्यो ।
तर, सौभाग्यवश हामी सबै फरक छौं। यही फरकपनबाट नै बहस, विमर्श, आविष्कार र परिवर्तन सम्भव भएको हो ।
विविधता मात्र स्वीकार गर्नुपर्ने कुरा होइन, यो आवश्यकतासमेत हो ।
वास्तवमा भन्ने हो भने, समाज त्यो बगैंचाजस्तै हो जसमा अनेक फूलहरू फुल्छन् आकार, रंग, गन्ध सबै फरक–फरक,
यदि त्यहाँ एउटै रंगको मात्र फूल फुल्थे भने
त्यो रंगले बगैंचा एकोहोरो देखिन्थ्यो, तर विविधताले नै एउटा बगैंचालाई आकर्षक बनाएको हुन्छ ।
मान्छे पनि यस्तै हुन् । सबै एउटै सोच, एउटै परिधिमा बाँधिन सक्दैनन्, न त बाँधिनु पर्छ ।
विचारको स्वतन्त्रता, छनोटको स्वतन्त्रता, जीवनशैलीको स्वतन्त्रता— यिनैले त मान्छेलाई ‘मान्छे’ बनाउँछन् ।

समाज पनि तब मात्र समृद्ध र सन्तुलित हुन्छ जब त्यहाँ सबै प्रकारका सोच, अनुभव र दृष्टिकोणहरू हुन्छन् ।
हामीले बुझ्नुपर्ने कुरा के हो भने फरक हुनु कमजोरी होइन, शक्ति हो ।
अरूको दृष्टिकोणलाई सम्मान गर्नु, उनीहरूको अनुभवबाट सिक्ने प्रयास गर्नु, र आवश्यक परेमा सहमत हुन नसके पनि असहमतिको सम्मान गर्न सक्नु ।
यिनै गुणले एक सभ्य, समावेशी र समृद्ध समाज निर्माण हुन्छ ।

यस्तै यहाँ पनि लागू हुन्छ ।
यदि सबै विद्यार्थीले एउटै अंक, एउटै ग्रेड, एउटै श्रेणी लिएर पास गर्थे भने के हुन्थ्यो ?
कसैको दुःख, कसैको मिहिनेत, कसैको संघर्ष छुट्थ्यो। सबै पास भएपछि फेल भएर बुझेको पाठ, घामझैं पोल्ने असफलताको पीडा, फेरि उठेर लाग्ने हिम्मत
यी सबै अनुभव कहाँबाट आउँथ्यो ?
परीक्षा पास गर्नु मात्र सफलता होइन। कहिले काहीँ असफल भएर फेरि संघर्ष गर्नु, आफैलाई चिनेर अघि बढ्नु , त्यो पनि ठूलो जित हो ।
जीवनको मूल्य कागजको सर्टिफिकेटले मात्र नापिँदैन ।

४ जिपीए ल्याउने विद्यार्थी व्यवहारमा शून्यता छ भने त्यो सबैभन्दा कमजोर नतिजा हो। हाम्रो असल व्यवहार, इमान्दार कर्म, र राम्रो सोच नै साँचो शिक्षा हो। त्यो नै जिवनको ब्+को उपलब्धि हो ।
डकुमेन्ट त केवल कागजी प्रमाण हुन्, तर व्यवहार,
त्यो त समाजमा देखिने हाम्रो छवि हो ।
अंक र ग्रेड जीवनको साँचो मूल्याङ्कन होइन,
त्यो त केवल एउटा पाटो हो। व्यवहार, संस्कार, संघर्षको कथा नै हाम्रो जिवनको साँचो चिनारी हो ।
तेसैले ःजो जहाँ छन्, जसरी पनि अघि बढिरहेका छन् सबै पास भइरहेका छन्, आफ्नो ठाउँमा ।
जसले आफूभन्दा कमजोरलाई सहारा दिन जान्दछ,
उही साँचो ‘उत्तीर्ण’ हो ।
जसले हार मानेको छैन, उही साँचो ‘मेरिट’ (पात्रता) हो ।
अन्त्यमा अंकले होइन, अन्तरआत्माले दिने “प्रमाणपत्र“ नै हाम्रो जीवनको सबैभन्दा ठूलो उपलब्धि हो ।

अन्ततः यदि सबै एउटै हुन्थे,एउटै खान्थे, एउटै सोच्थे, एउटै बाँच्थे भने जीवनमा कुनै स्वाद बाँकी रहने थिएन
जीवनको सार नै विविधतामा लुकेको छ ।
सोच, बोली, चालचलन, संस्कार, विश्वास, सफलता ,असफलता यि
सबै फरक छन्, र यही फरकपनले नै मानवता जिउँदो छ । फरक–फरक भएर नै यो संसार बाँचेको छ,
त्यसैले, फरक सोचलाई अस्वीकार होइन, आत्मीयतापूर्वक स्वीकार गरौं ।
हामी सबै फरक छौं भन्ने सत्यलाई आत्मसात गरौं
आफैमा गर्व गरौं, अरूको भिन्नतालाई सम्मान गरौं
यही हो सहअस्तित्वको मूलमन्त्र हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार