डडेल्धुराको अमरगढीमा हाकिम र योजना अधिकृतबिच कार्यालयमै झगडा

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिकामा दुई कर्मचारीबिच विवाद चुलिँदा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर छोडेको छ।

आइतवार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्याय र योजना अधिकृत टंकप्रसाद पन्तबिच कार्यस्थलमै झगडा भएको हो।

झगडापछि योजना अधिकृत पन्तलाई प्रहरीले केही समय नियन्त्रणमा लिएर छोडेको थियो। ‘म बिदामा थिएँ। एक पटक अफिस आउ काम छ भन्यो। अनि नगरप्रहरी लगाएर रक्सी खाएको छ भनेर घेर्यो। अनि प्रहरी बोलाएर थुन्न लगायो,’ पन्तले भने। उनले प्रमुख प्रशासकीय अधिकृत उपाध्यायको एक महिलासँगको सम्बन्धबारे बाहिरीने डरले आफूलाई फसाउने प्रयास गरिएको आरोपसमेत लगाए।

असारको महिनामा जनताका काम गर्नका लागि नियमित कार्यालय आउन भनेपछि सामान्य वाद विवाद मात्र भएको प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले बताएका छन्। ‘कार्यालयमा लफडा भएको भनेपनि त्यस्तो नभई कार्यालयसँग सम्बन्धित विषयमा कुरा हुँदा सामान्य विवाद भएको हो,’ उनले भने।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बरबहादुर बिष्टका अनुसार नगरपालिकामा झगडा भएको खबर आएपछि पन्तलाई प्रहरीले नियन्त्रणमा लिएर छोडिएको हो। उनका अनुसार आन्तरिक विवाद भएको र आफैँ मिलाउने भनेपछि उनलाई छोडिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार