डडेल्धुरा : डडेल्धुराका ३ किसानलाई कृषि तथा पशुपालन क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरूप ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरिएको छ । आइतबार राष्ट्रिय धान दिवसका अवसरमा उनीहरूलाई नगदसहित सम्मान गरिएको हो ।
कृषि ज्ञान केन्द्र डडेलधुराले आयोजना गरेको कार्यक्रममा गन्यापधुरा गाउँपालिका–२ का रविन्द्र माली, अजयमेरू गाउँपालिका–१ की चन्द्रकुमारी ओझा र परशुराम नगरपालिका–११ का मिलन घिमिरेलाई जनही २५ हजार रुपैयाँसहित सम्मान प्रदान गरिएको हो ।
कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले पुरस्कृत कृषकले स्थानीय स्तरमा उदाहरणीय काम गरेको बताए । कृषि र पशुपालन दुवै क्षेत्रमा नवप्रवर्तनशील अभ्यास गरेर अरूका लागि प्रेरणाको स्रोत बनेको उनको भनाइ थियो ।
प्रतिक्रिया दनुहोस्