नेप्से २६ सय विन्दुमाथि उक्लियाे, काराेबार रकम भने घट्याे !

काठमाडौं : हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव ५३ अङ्कले बढेर २ हजार ६ सय २२ दशमलव २८ विन्दुमा पुगेको छ ।

आज उत्पादनबाहेक सबै समूहको शेयर बढेकोमा बैंक समूहको शेयर २ प्रतिशतले बढेको छ । यस्तै विकास बैंक र लघुवित्त समूहको शेयर डेढ प्रतिशतले उकालो लागेको छ ।

Seti Hospital

आज सप्तकोशी विकास बैंकको शेयर १० प्रतिशतले बढेको छ । बजार दोहोरो अङ्कले बढेको दिन जोशी हाइड्रोपावर कम्पनीको शेयर भने सबैभन्दा धेरै साढे ५ प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । गएको बिहीवार ७ अर्ब ७८ करोडको कारोबार भएकोमा आज ३ सय २८ वटा कम्पनीका १ करोड ६६ लाख कित्ता शेयर ७ अर्ब १२ करोड रुपैयाँमा किनबेच भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार