बैतडीमा १० वर्षसम्म अलपत्र बसपार्कमा हलगोरु जोतेर रोपाइ गरियो !

बैतडी : बैतडीको पाटन बजारस्थित बसपार्कको निर्माण १० वर्षसम्म सम्पन्न नभएपछि रोपाइ गरिएको छ।

आर्थिक वर्ष २०७१÷७२ मा सुरु गरिएको पाटन बसपार्कको निर्माण कार्य हालसम्म अधुरै रहेको छ। स्थानीयले विरोधस्वरूप प्रतीकात्मक रूपमा धान रोपेर सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। पाटन बजार व्यवस्थापन समितिका अध्यक्ष खेमराज भट्टले टक–पटक अनुरोध गर्दा पनि बसपार्कको निर्माण कार्य अगाडि नबढेकाले बाध्य भई शान्तिपूर्ण विरोधको माध्यमबाट दबाब दिन रोपाइँ गरिएको बताए।

Seti Hospital

स्थानीय व्यापारी कृष्ण सिंह भाटले सवारी साधनको चापलाई ध्यानमा राखी सुरु गरिएको बसपार्क निर्माण कार्य सम्पन्न नहुँदा पाटनवासीलाई दैनिक रूपमा समस्या बेहोर्नुपरेको बताए। निर्माण नहुँदा बजार क्षेत्रमै सवारी पार्किङ हुन थालेको छ, जसले थप अव्यवस्था सिर्जना गरेको भाटले बताएका छन्।

पाटन नयाँ सहर आयोजना अन्तर्गत आठ वटा बस र चार वटा जिप पार्किङ गर्न सक्ने क्षमताको बसपार्क निर्माण थालिएको थियो। तर, निर्माण सुरु भएको १० वर्ष पुगिसक्दासमेत काम सम्पन्न नहुनु चिन्ताको विषय भएको स्थानीयको भनाइ छ। सरकारले मध्य पहाडी लोकमार्ग अन्तर्गतको १० औँ नमुना सहरका रूपमा पाटनमा बसपार्क निर्माण कार्य थालेको भए पनि विभिन्न कारणले काम रोकिँदा विकास कार्यमा अवरोध आएको स्थानीयवासीको गुनासो छ।

स्थानीय नागरिक तथा व्यवसायीहरूले निर्माण कार्य तत्काल अघि बढाई निर्धारित समयमा सम्पन्न गर्न सरोकारवालाको ध्यानाकर्षण गराएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार