सुनको मूल्य लगातार ओरालो, आज पनि घट्यो !

काठमाडौं : सुनको मूल्य आज पनि घटेको छ। आज चाँदी पनि सस्तिएको छ। गएको शुक्रबार तोलामा दुई हजार नौसय रुपैयाँ घटेको सुनको मूल्य आज थप एक हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

सुनको मूल्य आज तोलाको एक लाख ८८ हजार चारसय रुपैयाँमा झरेको छ। गएको शुक्रबार सुनको मूल्य तोलाको एक लाख ८९ हजार चार सय रुपैयाँ थियो। 

गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसयता सुनको मूल्य तोलामा नौ हजार पाँचसय रुपैयाँ गिरावट आएको छ। 

आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ घटेको छ। आज चाँदीको मूल्य तोलाको दुई हजार एकसय ४० रुपैयाँ निर्धारण भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार