धनगढीस्थित वनदेवी मन्दिरको प्राङ्गणमा दोस्रो बृहत् रक्तदान कार्यक्रम सम्पन्न

धनगढी : विश्व हिन्दू परिषद नेपाल सुदूरपश्चिम प्रदेशको आयोजनामा सम्पन्न दोस्रो बृहत् रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेका छन्। शनिवार धनगढीस्थित वनदेवी मन्दिरको प्राङ्गणमा रक्तदान सम्पन्न भएको हो। जहाँ ६२ जना पुरुष र ८ जना महिलाले रक्तदान गरे।

सेती प्रादेशिक अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर दुर्गा पण्डितले पनि रक्तदाता गरेका थिए।कार्यक्रममा थर्ड आई करियर सेन्टर, मालिकार्जुन कम्प्युटर आईटी, प्राज्ञिक विद्यार्थी परिषद्, जनकल्याण प्रतिष्ठान, एकल विद्यालय अभियान कञ्चनपुर, कैलाली, डोटी, दार्चुला र बझाङ्गका प्रतिनिधिहरू तथा विश्व हिन्दू परिषद्का कार्यकर्ताहरूले सक्रिय सहभागिता जनाएका थिए।

रक्तदानमा विभिन्न जिल्लाबाट आएका युवाहरूको उत्साहजनक सहभागिता रहेको परिषद्का अध्यक्ष महेन्द्रराज पन्तले बताए। “हाम्रो उद्देश्य समाजमा सेवा भाव जागृत गर्नु हो, रक्तदान जस्तो जीवनदायी कार्यले त्यो सन्देश दिन्छ,” अध्यक्ष पन्तले बताए। गत वर्ष भदौ २९ गते पनि परिषदले पहिलो बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार