असार १५ : यसकारण खाइन्छ दही-चिउरा

काठमाडौं – असार १५ अर्थात् राष्ट्रिय धान दिवस अर्थात् दही र चिउरा खाने दिन । धान दिवसमा खेतमा रोपाइँ गरी दही चिउरा खाने भएकाले असार १५ मा दही–चिउरा खाने दिनका रूपमा समेत चिनिन्छ ।

रोपाइँ गरेर थाकेको अवस्थामा पोषिलो र शीतलता प्रदान गर्ने खाद्य परिकार दही चिउरा र अचार खाजा खाने चलन छ । वर्षामा हिलाम्य भएको शरीरमा ऊर्जा दिने भएकाले पनि दही–चिउरा खाने चलन रहेको छ ।

Seti Hospital

दही–चिउरा असार १५ मा मात्र नभई अन्य दिनपनि खाँदा स्वास्थ्यमा फाइदा पुग्ने गर्छ ।

दही–चिउरामा चिनी हालेर खानुभन्दा मौसमी फलफूलका साथमा मिसाएर खाँदा थप भिटामिन र खनिज पदार्थ पनि पाउन सकिन्छ ।

दहीमा क्याल्सियम, सोडिमय, पोटासियम र भिटामिन पाइन्छ । यसमा शरीरमा फाइदा गर्ने गुड ल्याक्टोब्यासिलस ब्याक्टेरिया हुन्छ ।

यसैगरी, चिउरा कार्बोहाइड्रेडको राम्रो स्रोत हो । त्यसका अलावा आइरन र प्रोटिन पाइन्छ । दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, पोटासियम र भिटामिन पर्याप्त मात्रामा प्राप्त गर्न सकिन्छ ।

यस्ता छन् दही–चिउराका फाइदा

दूध फाटेर बन्ने दहीमा क्याल्सियम, सोडिमय, पोटासियम र भिटामिन पाइन्छ । यसमा शरीरमा फाइदा गर्ने गुड

ल्याक्टोब्यासिलस ब्याक्टेरिया समेत हुन्छ । चिउरामा भने कार्बोहाइड्रेड, आइरन र प्रोटिन पाइन्छ ।

दही बनाउने ल्याक्टोब्यासिलस ब्याक्टेरियाले पाचन प्रक्रियामा सहयोग पुग्छ, दहीमा क्याल्सियम र मिनरल बढी मात्रामा पाइन्छ, पेट गडबडी हुँदा अर्थात् पखाला लागेको समयमा दहीको सेवन गर्दा पखाला कम हुन्छ । त्यसका साथै दहीले मांसपेशी र हाड बलियो बनाउन मद्दत गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
धानलाई भिजाएर ओखल वा मिलमा कुटेर तयार गरिएको खाद्यपदार्थ नेपाली खाना चिउराको ठूलो महत्व छ । चिउरालाई चोखो खाद्यपदार्थका रुपमा पनि लिइन्छ ।

चिउरामा प्रशस्त कार्बोहाइड्रेड भएकाले काम गर्न शक्ति प्रदान गर्छ । फलामको ओखलमा कुटेको चिउरामा आइरनको मात्रा बढी पाइन्छ । चिउरा पकाउनु नपर्ने भएकाले हामीले जुनसुकै परिकारका साथ खान सकिन्छ ।

दहीले चिसो लाग्ने भएकाले राति सुत्ने बेलामा खानु हुँदैन भन्ने मान्यता छ । तर, ठिक्कको तापक्रममा राखिएको दही जुन समयमा खाए पनि केही फरक पर्दैन । दही फ्रिजबाट निकालिएको भएमा चाहिँ चिसो लाग्न सक्छ । दहीले कहिल्यै बिरामी पार्दैन, यदि कुनै हानिकारक किटाणुले यसमा प्रवेश पाएका छैनन् भने ।

मधुमेह भएका बिरामीले चिनी मिसाएको दही खानु हुँदैन । बजारको दहीमा मिठो बनाउन चिनी हाल्ने प्रचलन छ । त्यसैले सकेसम्म आफ्नो घरमा बनाएको दहीमा चिउरा मिसाएर खाँदा राम्रो हुन्छ । दैनिक खानामा एक कचौरा दही खाँदा स्वास्थ्यका हिसाबले राम्रो मान्न सकिन्छ ।

दहीका फाइदा

– मांशपेसी र हाड बलियो बनाउँछ

– रोग प्रतिरोधात्मक क्षमता बढाउँछ

–पाचन प्रक्रियामा सहयोग पुग्छ

–क्याल्सियम र मिनरल बढी मात्रामा पाइन्छ

–पखाला लाग्दा दहीको सेवन गर्दा राम्रो हुन्छ

चिउराका फाइदा

– चिउरा पकाउनु नपर्ने भएकाले जुनसुकै परिकारका साथ खान सकिन्छ

– प्रशस्त कार्बोहाइड्रेड पाइन्छ

–शक्ति प्रदान गर्छ

– फलामको ओखलमा कुटेको चिउरामा आइरनको मात्रा बढी हुन्छ

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार