कैलालीको जोशिपुरमा माछा मार्न गएका सुमितको नदीमा डुबेर मृ*त्यु

कैलाली । कैलालीको जोशिपुर गाउँपालिकामा माछा मार्ने क्रममा एक युवकको पथरैया नदीमा डुबेर ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जोशिपुर गाउँपालिका–४ कटुवापुर निवासी १८ वर्षीय सुमित चौधरी माछा मार्ने क्रममा असार १४ गते साँझ ५ बजे पथरैया नदीमा डुबी मृत्यु भएको हो।

स्थानीयवासीका अनुसार उनी घर नजिकै रहेको पथरैया नदीमा साथीहरूसँग माछा मार्न गएका थिए। सोही क्रममा अचानक गहिरो पानीमा फसेर डुबेका चौधरीको केही समयपछि उद्धार गरिएको थियो। उद्धारपछि उनलाई तत्काल उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लैजाने प्रयास गरिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार