नेपाली टोलीले अस्ट्रेलियामा टी–२० शृङ्खला खेल्ने

काठमाण्डाै : नेपाली राष्ट्रिय टोलीले अस्ट्रेलियामा नर्दन टेरिटोरी (एनटी) क्रिकेट २०२५ को टप इन्ड टी–२० शृङ्खला खेल्ने भएको छ । यो शृङ्खलाका लागि नेपाल पहिलो अन्तर्राष्ट्रिय टोलीका रूपमा छानिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

टप इन्ड टी–२० शृङ्खला आउँदो अगस्ट १४ देखि २४ सम्म अस्ट्रेलियाको डार्विनमा हुनेछ । आउँदो वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने आईसीसी टी–२० विश्वकप छनोटअघि नेपाली टोली अस्ट्रेलिया जाने भएको हो ।

Seti Hospital

टी–२० विश्वकपको एशिया छनोट आउँदो अक्टोबर १ देखि १७ सम्म ओमानमा हुँदैछ । एशिया छनोटबाट ३ वटा टोली विश्वकपमा पुग्नेछन् । एशिया छनोटमा नेपालसँगै आयोजक ओमान, जापान, कुवेत, मलेशिया, पपुवा न्यु गिनी, कतार सोमाओ र यूएई सहभागी हुनेछन् ।

अहिले आईसीसी टी–२० वरीयताको १८औं स्थानमा रहेको नेपाली टोली अगस्टको शुरूमा डार्विन जानेछ । यो शृङ्खलामा नेपालले अस्ट्रेलियाका क्लबसँग कम्तीमा ६ खेल खेल्नेछ । शृङ्खलाको खेल तालिका अर्को हप्ता घोषणा हुने क्यानले बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार