म रिटायर्ड हुन लागेँ, पार्टी एक बनाउने चाहना छ : सभापति देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्घातको रोगले पार्टीलाई कमजोर बनाएको स्वीकार गरेका छन्। चितवनमा आयोजित कांग्रेस नेतृ गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा बोल्दै देउवाले पार्टीभित्रको असहयोग र भित्री विघटनका कारण पार्टीले चुनावमा बहुमत ल्याउन नसकेको बताएका हुन्।

“पार्टीमा टिकट एउटाले पाउँछ, नपाउने हराउन लाग्छ। हाम्रो पार्टीको रोग नै यही हो,” देउवाले भने, “हामी एक हुने हो भने हाम्रो पार्टीले एक्लैले बहुमत ल्याउन सक्छ।”

Galaxy

सभापति देउवाले पछिल्लो समय कांग्रेसले कहिले माओवादी केन्द्रसँग त कहिले एमालेसँग मिल्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै, पार्टीभित्र एकता नहुँदासम्म कुनै न कुनै गठबन्धनमा जानुपर्ने अवस्था रहने बताए।

उनले अब आफ्नो राजनीतिक जीवन अन्त्यतिर पुगेको संकेत गर्दै, “म रिटायर्ड हुन लाग्या छु। तर यो पार्टीलाई एक बनाउने इच्छा छ,” भनेका छन्।

साथै देउवाले पार्टीभित्र एकता र अनुशासन कायम गर्न सके मात्र कांग्रेसले भविष्यमा फेरि बलियो शक्ति बन्न सक्ने धारणा राखे।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार