रविमाथि प्रतिशोध साँधेको भन्दै १४ ठाउँमा ‘ऐक्यबद्धता डेस्क’ शुरु

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर अभियानका लागि ‘ऐक्यबद्धता डेस्क’ सञ्चालन गरेको छ।

शुक्रवार काठमाडौँको कलंकीमा पार्टीका नेताहरू उपस्थित भई हस्ताक्षर अभियानका लागि ऐक्यबद्धता डेस्क शुभारम्भ गरेका हुन्। रास्वपाले पार्टी सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै त्यसविरुद्ध जनताको हस्ताक्षर अभियान शुरु गरेको हो।

सभापति लामिछाने सहकारी ठगी प्रकरणमा जेलमा छन्। बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले उनलाई थुनामा राख्न आदेश दिएको थियो। शुक्रवारबाट काठमाडौँका १४ ठाउँमा ऐक्यबद्धता डेस्क सञ्चालनमा ल्याइएको रास्वपाले बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार