मेलौली,१ का महिला स्वास्थ्य स्वयम् सेविका र कर्मचारीलाई झोला वितरण

बैतडी : मेलौली  नगरपालिका-१ मा महिला स्वास्थ्य स्वयम सेविकालाई झोला वितरण गरिएको छ । वडा कार्यालयको चालु आर्थिक वर्षको कार्यक्रम अन्र्तगत उनीहरुलाई झोला,टर्च र रेनकोट वितरण गरिएको छ ।

महिला स्वास्थ्य स्वयं सेविकाहरुको प्रोत्साहान कार्यक्रम अन्तर्गत वडाभित्र रहेका १२ जना महिला स्वास्थ्य स्वयंसेवीका र स्वास्थ्य संस्थाका कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप झोला,रेनकोट र टर्च वितरण गरिएको वडा अध्यक्ष शरद सिंह नेगीले बताए ।

Seti Hospital

महिला स्वास्थ्य स्वयमसेविकालाई स्वास्थ्य क्षेत्रमा कामकाज गर्न घरदैलोमा खटिने महिला स्वास्थ्य स्वयमसेविकालाई झोला वितरण गरिएको वडा सचिव राज बहादुर चन्दले बताए ।

झोला र वितरण गर्दै नगर प्रमुख भीम बहादुर चन्दले समाज परिवर्तनमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको भूमिका प्रमुख रहेको बताए ।स्वास्थ्य क्षेत्रमा चलेका अभियानहरु खुला दिसामुक्त, पूर्ण खोप अभियान लगायतमा स्वयंसेविकाहरुको भूमिका महत्वपूर्ण रहेको र बाल तथा मातृ मृत्युदर कम बनाउनमा स्वयंसेविकाहरुको प्रमुख भूमिका रहेको पनि नगर प्रमुख चन्दले बताए ।

वडा अध्यक्ष सरद सिंह नेगीले महिला स्वास्थ्य स्वयंसेविकाहरु समाजका परिवर्तनका संवाहक भएको बताउँदै आगामी दिनमा पनि स्वयंसेविकाहरुको प्रोत्साहन तथा सम्मान कार्यक्रम गर्ने बताए ।

गर्भवती जाँच, सुत्केरी जाँच, बालबालिकाले लगाउने खोपका कार्यक्रम लगायतका विभिन्न कार्यक्रममा स्वयंसेविकाहरु अग्रस्थानमा रहेर काम गरेकाले उनीहरुको सम्मान र प्रोत्साहनको कार्यक्रम गरिएको बताईएको छ ।

वर्षायाममा घरघरमा हिड्न छाता र स्वास्थ्यसामाग्री र रजिष्टर राख्नका लागि झोला रेनकोट पाएपछि महिला स्वास्थ्य स्वयमसेविका हर्षित भएका छन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार