मणिलेक नमुना माविमा विज्ञान विषय प्रर्वद्धन कार्यक्रम लागु

बैतडी : मेलौली नगरपालिका–०७ काडाँमा रहेको मणिलेक नमुना माध्यमिक विद्यालयमा विज्ञान विषय प्रर्वद्धन कार्यक्रम लागु भएको छ। विज्ञान विषय अध्ययन गरेका जनशक्तिको अभाव हुन थालेपछि सरकारले विज्ञान विषय प्रर्वद्धन कार्यक्रम लागु गरेको थियो।

यसैवर्षदेखी लागु भएको यो कार्यक्रममा देशभरीका ११७ सामुदायिक विद्यालयमा छनौट भएका छन। जसमा मेलौलीको मणिलेम नमुना मावि पनि छनौट भएको प्रधानाध्यापक देवदत्त कलौनीले जानकारी दिए।

Seti Hospital

५ वर्षसम्म सञ्चालन हुने विज्ञान विषय प्रर्वद्धन कार्यक्रमका लागि छनौट भएका विद्यालयले विद्यालय विकास योजना बनाउनुपर्ने हुन्छ। सो योजना मणिलेक नमुना माविले तयार पारेर शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पेस गरिसकेको जनाईएको छ।

कार्यक्रम लागु भएको पहिलो वर्ष मणिलेक नमुना माविले ४५ लाँख रुपैयाँ प्राप्त गरेको छ। नेपाल सरकार शिक्षा तथा तथा मानव स्रोत विकासबाट मेलौली नगरपालिका मार्फत सो रकम विद्यालयलाई प्राप्त भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशवसिह भाट्ले बताए।

विज्ञान विषय प्रर्वद्धन कार्यक्रमका लागि आएको रकमले गर्ने कार्यको कार्ययोजना पनि तयार पारिएको छ। बिज्ञान विषय पढ्ने कक्षा ११ र १२ का विद्यार्थीका लागि वार्षिक २५ हजार छात्रबृत्तीको व्यवस्था, टाढाका विद्यार्थीको लागि छात्रबासको व्यवस्था, विज्ञान विषय पढाउने शिक्षकको व्यवस्थापन, बिज्ञान विषयको प्रयोगशाला साहयक, प्रयोगशाला सहयोगी, विज्ञान र गणित विषयका अतिरिक्त कक्षाहरु सञ्चालन, शैक्षिक भ्रमण, पालिका या जिल्ला स्तरीय बिज्ञान प्रर्दशनीको आयोजना, क्वीजको आयोजना, विज्ञान विषय सगं सम्बन्धित बिभिन्न अतिरिक्त क्रियाकलाप, प्रयोगशालामा अपुग सामग्रीको व्यवस्था, स्मार्ट बोडहरु थप गर्ने र बिज्ञान कक्षाको लागि फर्निचरको व्यवस्थापन लगायत बिज्ञान विषय अध्ययन अध्यापनसगं सम्बन्धीत कार्यहरु गरिने प्रधानाध्यापक कलौनीले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार