बैतडी : बैतडीको एक विद्यालयमा तोडफोड गरिएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका वडा नं ६ स्थित लालीगुराँश आधारभूत विद्यालय धारुडीको कक्षा कोठामा तोडफोड गरिएको हो । बुधबार विद्यालय समयपछि विद्यालयमा तोडफोड गरिएको हो । विद्यालयका दुईओटा कोठाको ढोका फोडेर तोडफोड गरिएको विद्यालयका शिक्षक डम्मरा बडू जोशीले जानकारी दिइन् ।
बिहीबार बिहान विद्यालय खोल्ने समयमा विद्यालयमा तोडफोड गरिएको बिषयमा थाहा भएको उनले बताइन् । विद्यालयमा कसले तोडफोड गरेको हो भन्ने कुरा खुलेको छैैन् । कक्षाकोठाको ढोका फोडेर कोठभित्र रहेका डेस्कबेञ्चमा तोडफोड गरिएको छ भने शैक्षिक सामग्री समेत नष्ट गरिएको शिक्षक जोशीले बताइन् ।
कक्षाकोठाभित्र राखिएका ह्वाइटबोर्ड, चार्ट लगायतका शैक्षिक सामग्रीमा क्षति पुर्याइएको विद्यालयका प्रधानाध्यापक दमनबहादुर बिष्टले बताए । कक्षाकोठामा तोडफोड भएपछि पठनपाठन कार्य प्रभावित भएको विद्यालयले जनाएको छ । विद्यालयमा गरिएको तोडफोडका बिषयमा प्रहरीलाई जानकारी गराइसकिएको प्रधानाध्यापक बिष्टले जानकारी दिए । कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयमा ५५ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।
प्रतिक्रिया दनुहोस्