सुदूरपश्चिममा रेबिज विरुद्धको खोपको अभाव

धनगढी : सुदूरपश्चिम प्रदेशमा रेबिज विरुद्धको खोपको अभाव भएको छ। कैलाली र कञ्चनपुरका कुनै पनि अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा रेबिज विरुद्धको खोप छैन।

पहाडी जिल्लामा कुनै–कुनैमा हुन सक्ने प्रदेश सरकारले बताएको छ। तर, सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल, टीकापुर अस्पताल लगायतमा रेबिज विरुद्धको खोप अभाव भएको हो।

Seti Hospital

नेपाल सरकारले प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रमा खोपहरू निःशुल्क पठाउने गरेको छ। तर, केन्द्रबाट खोप आपूर्ति नभएकाले सुदूरपश्चिममा समेत अभाव भएको हो। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, धनगढीका निमित्त प्रमुख झनक ढुङ्गानाले सुदूरपश्चिममा रेबिज विरुद्धको खोप अभाव भएको बताए।

प्रदेश सरकारले विनियोजन गरेको १० लाख रुपैयाँ खर्च भएको उनले बताएका छन्। सङ्घीय सरकारले रेबिज विरुद्धको खोप खरिदका लागि बोलपत्र आह्वान गरेको उनले बताएका छन्। एक हप्ता भित्रमा सुदूरपश्चिममा रेबिज विरुद्धको खोप आउने उनले बताएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार