फाप्ला क्रिकेट मैदान दोश्रो पञ्चेश्वर बन्न सक्छ : नेपाल क्रिकेट सघंका अध्यक्ष चन्द

धनगढी : नेपाल क्रिकेट सघं (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले फाप्ला अन्तराष्टिय क्रिकेट मैदान पञ्चेश्वर परियोजना जस्तै बन्ने भन्दै चिन्ता ब्यक्त गरेका छन् । प्रदेश खेलकुद परिषद सुदुरपश्चिमद्वारा आयोजित महिला टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटनसत्रमा बोल्दै अध्यक्ष चन्दले अहिलेको बजेट हेर्दा पञ्चेश्वर जस्तै बन्ने चिन्ता ब्यक्त गरेका हुन् । यो देशमा क्रिकेटको ठुलो जनशक्ती उत्पादन गर्ने थलो सुदुरपश्चिम भएपनि सरकारले उचित बजेट बिनियोजन नगरेको भन्दै चन्दले आक्रोस पोखे ।

सुदुरपश्चिमले क्रिकेटको ठुलो जनशक्ती उत्पादन गर्दै यहाँको इज्जत जोगाएको थाहा भएपनि सरकारले यहाँको क्रिकेट क्षेत्रलाई उपेक्षा गरेको चन्दले बताए । क्रिकेट क्षेत्रमा बजेट नपरेको पाएपछि ससोंधनका लागी आग्रह गरेको बताउँदै चन्दले त्यती गर्दापनि यहाँको मुद्धा सरकारबाट सुनुवाई नभएको दावी गरे । यही स्थितीमा फाप्ला खेलग्रामपनि पन्चेश्वर परियोजना जस्तै नाम आउने तर बजेट बिनियोजन नहुने खालको समस्या आउने उनको भनाई छ ।

Seti Hospital

बिहिबार धनगढीको फाप्ला क्रिकेट मैदानमा शुरु भएको महिला टी–२० क्रिकेट प्रतियोगिता असार १९ गतेसम्म चल्ने छ । प्रतियोगिताको विजेताले दुई लाख तथा उपविजेताले एक लाख रुपियाँसहित ट्रफी तथा मेडल प्राप्त गर्ने छन् । तेस्रो र चौथो हुने टोलीलाई ५०र५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट ब्याटर र बलरलाई १५र१५ हजार, उदीयमान खेलाडीलाई १० हजार र प्रत्येक खेलको म्यान अफ दी वमेनलाई दुई हजार रुपियाँ प्रदान गरिने छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार