एसईईको नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा

धनगढी : माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । परीक्षा नियन्त्रक डा। गणेश भट्टराईले नतिजाको काम अन्तिम चरणमा पुगेको बताए । त्यसका लागि आज बोर्ड बैठक बस्ने तयारी गरिएको उनले जानकारी दिए ।

‘नतिजाको अन्तिम चरणमा छौँ । तर प्रकाशित गर्ने निर्णय भइसकेको छैन । त्यसका लागि बोर्डको बैठकबाट निर्णय गर्नुपर्छ,’ उनले भने, ‘सम्भवतः बोर्डको बैठक आज बस्छ ।’

सदस्य सचिव जंगबहादुर अर्यालले पनि नतिजाको विषयमा छलफल गर्न परीक्षा बोर्डको बैठक आज बस्ने भए पनि समय भने निर्धारण भइनसकेको बताए ।

२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार