दार्चुलाको तिङ्कर सडक निर्माणका लागि एक करोड छुट्टै बजेट शीर्षक निर्धारण

दार्चुला : सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ देखि तिङ्कर सडकका लागि छुट्टै बजेट शीर्षक निर्धारण गरेको भए पनि बजेट न्यून राखेको छ।

महाकाली करिडोरबाट छुट्याएर तुसारपानी–तिङ्कर खण्डलाई छुट्टै बजेट शीर्षक दिइए सडक निर्माणका लागि एक करोडमात्रै बजेट विनियोजन गरिएको हो।

नेपाली सेनाबाट निर्माण भइरहेको महाकाली करिडोरअन्तर्गतको तुसारपानी–तिङ्कर खण्डलाई छुट्टै बजेट दिँदा थोरैमात्रै बजेट दिएको भन्दै आलोचना भएको छ। दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले दार्चुला–तिङ्कर सडकमा न्यून बजेट आएकामा आपत्ति जनाउँदै संसद्मा आलोचना गरे। करिब ७९ किलोमिटर लामो बाटो नेपाली सेनाले निर्माण गरिरहेको भए पनि बजेट अभावले काम निकै सुस्त भइरहेको छ।

चालू आर्थिक वर्षमा सेनाले हेलिकप्टरमार्फत स्काभेटर छाङ्गरु पु¥याएर दुवैतर्फबाट सडकको ट्र्याक खोल्ने काम सुरु गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार