भारतमा गाडीले ठक्कर दिँदा बैतडीका महेशको मृत्यु

बैतडी : बैतडीको सुर्नया घर भएका एकजना युवकको भारतमा मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका–८ सेला घर भएका २५ बर्षीय महेश साउँदको गाडीले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको उनका काका रामबहादुर साउँदले बताए । 

भारतको हरियाणा पिपलिको एक होटेलमा काम गर्दै आएका साउँदलाई बुधबार राति ११ बजेतिर  होटेलबाट कोठामा फर्किदै गर्दा गाडीले ठक्कर दिएको थियो । मृतक साउँदका घरमा श्रीमती, ५ बर्षीय छोरा र बुवा रहेका छन् । 

Seti Hospital

केही बर्ष पहिलादेखि भारतमा काम गर्दै आएका साउँद पछिल्लो पटक एक महिना अगाडि मात्रै हरियाणा गएका थिए । घरमा  कमाउने मान्छे अल्पायुमै अस्ताएपछि घरपरिवारको विचल्ली भएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार