काठमाडौं : इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईले इजरायल पूर्ण रूपमा ध्वस्त हुने डर भएकोले अमेरिका युद्धमा सामेल भएको बताएका छन् ।
एक हप्तादेखि सार्वजनिक रूपमा देखा नपरेका खामेनेईले एक्समार्फत यस्तो बताएका हुन् । खामेनेईले लेखेका छन्, “यस युद्धबाट अमेरिकाले केही पनि हासिल गरेन । यहाँ पनि इरानले जित्यो ।
इरान र इजरायलबीच युद्धविराम भए पनि खामेनेई सार्वजनिक रूपमा अनुपस्थित भएको बारेमा देशमा अड्कलबाजी बढिरहेको छ ।
प्रतिक्रिया दनुहोस्