काठमाडौँ : पछिल्ला केही वर्षहरूमा छाला र कपालको हेरचाहमा चामलको पानी अर्थात् चौलानीको प्रयोग गर्ने चलन धेरै बढेको छ ।
चौलानी छाला र कपालको लागि धेरै फाइदाजनक मानिन्छ । यसलाई छाला र कपालमा लगाउनाले धेरै फाइदा हुन्छ भन्ने कुरा हामीले सुन्दै पनि आएका छौँ । आजको यस लेखमा हामी कपालमा चौलानी प्रयोग गर्दा हुने फाइदाहरूबारे कुराकानी गर्नेछौँ । जुन यस प्रकार छन्:
- कपालको वृद्धिको लागि चामलको पानी धेरै फाइदाजनक मानिन्छ । चौलानीले कपाललाई बलियो बनाउँछ । चौलानीमा इनोसिटोल हुन्छ, जुन कपालको गहिराइमा जान्छ, बिस्तारै बिस्तारै कपाललाई सुरक्षा दिन्छ र यसलाई बलियो बनाउँछ ।
- चामलको पानीले तपाईंको कपाललाई मोइस्चराइज गर्छ, सुख्खापनबाट रोक्छ । यसले कपालको बनावटलाई नरम बनाउँछ र घुमाउरो कपाललाई व्यवस्थापन गर्न धेरै सजिलो बनाउँछ । कपालमा चामलको पानी प्रयोग गर्दा कपाल चम्किलो र नरम पनि हुन्छ ।
- चौलानीमा धेरै स्टार्च हुन्छ, जुन कपालमा लगाउन धेरै फाइदाजनक हुन्छ । चामललाई एक दुई पानी पखालेर भिजाएर राख्नुहोस् । तीस मिनेटपछि सो पानीलाई छानेर एउटा भाडामा निकाल्नु होस् । यो पानीलाई एक दिनको लागि त्यत्तिकै रहन दिनुहोस् । यसरी चौलानीलाई राख्दा यसको एन्टिअक्सिडेन्ट स्तर बढ्छ ।
प्रतिक्रिया दनुहोस्