नेप्सेमा आजपनि गिरावट, ७ अर्ब ७८ करोडको कारोबार

काठमाडौँ : यस साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचकमा आज सामान्य घटेको छ । आज नेप्से ४.४५ अंकले घटेर २६९५.७४ विन्दुमा कायम भएको छ ।

आजको कारोबारमा विभिन्न ३०६ कम्पनीका एक करोड ९६ लाख ५० हजार २१० कित्ता शेयर ७ अर्ब ७८ करोड २ लाख ४२ हजार २४३ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

Seti Hospital

आज ग्रीन डेभलपमेन्ट बैंकको सेयर मुल्य सबैभन्दा बढी ९.१८ प्रतिशतले बढेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मुल्य ९ प्रतिशतले बढेको छ ।

त्यस्तै आज रिलायबल समृद्धि योजनाको शेयर मुल्य सबैभन्दा बढी ९.३० प्रतिशतले घटेको छ भने ओम मेघाश्री फार्माको शेयर मुल्य ६.०६ प्रतिशतले घटेको छ । आज सबै भन्दा बढी कारोबार वुटवल पावरको शेयर ६२ करोड ५२ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार