सडकको ठेक्का लिएको कम्पनीको ठेकेदार काम छाडेर बेपत्ता

डोटी : शिखर नगरपालिका–११ नालीदेखि सिमार सडकको ठेक्का लिएको कम्पनी काम छाडेर बेपत्ता भएको छ । नगरपालिकाको समपूरक अनुदानमा बन्न लागेको सडकको पालिकाले २०८१ फागुन ५ मा जेडीएमआर विल्डर्स काठमाडौंसँग ५१ लाख २१ हजार ९ सय ५५ रुपैयाँमा सम्झौता गरेको थियो । सम्झौता भएको दास्रो दिन कम्पनीले १० लाख २५ हजार पेस्कीस्वरुप लिइसकेको इन्जिनियर संजय खड्काले बताए ।

‘कम्पनीले २०८२ असार १६ गते काम सक्नुपर्ने भनेर सम्झौता भएको थियो तर ठेकेदार एक महिनादेखि सम्पर्कविहीन छन्, उनले भने, ठेक्का खुलेको १ करोड २८ लाख २१ हजार ७ सय ८६.५३ रकममा उक्त कम्पनीले ५१ लाख २१ हजार ९ सय ५५ रुपैयाँको बोलपत्र हालेपछि सोही कम्पनीलाई ठेक्का परेको हो ।

Seti Hospital

तर अहिले साइडमा २० प्रतिशत पनि काम नगरेर ठेकेदार रवि सिंह सम्पर्कमा आएका छैनन् ।’ उक्त सडक बनेपछि ११ नम्बर वडा पनि सडक सञ्जालसँग जोडिने थियो । ११ का वडाध्यक्ष कर्णबहादुर विष्टले भने, ‘हामी पालिकाबाट ठेकेदारको कम्पनीलाई पटक-पटक चिठ्ठी काट्दा पनि हामीलाई अटेर गरेर ठेकेदार फरार छन् । उनलाई अब पालिकाबाट कारबाहीको प्रक्रिया अगाडि बढाउँछौं ।’

शिखर नगरपालिकाका नगर प्रमुख दीर्घबहादुर बलायरले भने,‘हामीले तीनपटक ताकेता गरिसकेका छौं तर उनले हाम्रो पत्रलाई बेवास्ता गरेका छन् । अब हामी कानुनी पक्रिया अगाडि बढाउँछौं ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार