कैलालीको दुई वटा पालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा

धनगढी : कैलालीको दुई वटा पालिकालाई बुधवार पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ।  कैलारी गाउँपालिका र गोदावरी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो।

कैलारी गाउँपालिकाको नौ वटै वडामा रहेका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरेर खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका अध्यक्ष टीका चौधरी भुलले पूर्ण खोप सुनिश्चितता एवम् दिगोपना घोषणा गरे। पूर्ण खोप सुनिश्चितताको अवस्था ल्याउन महिला स्वास्थ्य स्वयम् सेविका, स्वास्थ्यकर्मी र सरोकारवाला निकाय अहोरात्र खटेको स्वास्थ्य शाखा प्रमुख नरेश चौधरीले बताए।

Galaxy

यस्तै, गोदावरी नगरपालिकामा पनि खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। स्वास्थ्यकर्मीको अथक प्रयासले पूर्ण खोप सुनिश्चित पालिका बनाउन सफल भएको समितिका संयोजक एवम् नगर प्रमुख वीरेन्द्र भट्टले बताए। उनले अझै जुझारु र संवेदनशील भएर काम गर्न स्वास्थकर्मीलाई निर्देशनसमेत दिएका छन्। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार