धनगढी : “ग्याँसजन्य अग्नि दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम“ गरिएको छ। दिनानुदिन बढ्दै गइरहेको खाना पकाउने एलपी ग्यासको प्रयोग र शोबाट सिर्जित अग्निजन्य दुर्घटना न्यूनीकरण गर्ने प्रयासले सैपाल ग्याँस प्राली, गोदावरी नगरपालिका१ कैलालीले जिल्ला प्रशासन कार्यालय, कैलाली र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हडे क्वाटरसँग सहकार्य गरी ऐश्वर्य विद्या निकेतन विद्यालयमा “ग्याँसजन्य अग्नि दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम“ सम्पन्न गरेको छ।
“हरेक विद्यार्थीको घरमा ग्याँस सिलिन्डर त छ तर यसको सुरक्षित प्रयोगबारे जानकारी धेरैलाई छैन जसको कारण विभिन्न घटनाहरू घटिरहेका छन्, विद्यालयका कोर्डिनेटरका भन्छन्, “ग्याँस सिलिन्डर सम्बन्धी जनचेतनामूलक कार्यक्रम आजको आवश्यकता हो। ग्यास खरिद गर्नुभन्दा अगाडि के के कुरामा ध्यान दिनुपर्छ? ग्याँस लिक भयो भने के गर्नुपर्छ? ग्याँस लिकेज हुन नदिन के कस्तो कुरामा ध्यान दिनुपर्छ? लिकेजको कारण र समाधान, कसरी प्रयोग गर्ने? जस्ता विषयमा प्रभावकारी जानकारी दियौं, कार्यक्रम अत्यन्त प्रभावकारी रह्यो“
सशस्त्र प्रहरी बल नम्बर ३४ गणका असई क्षेतेन्द्र मल्लले लाइफ डेमोसहित आगो नियन्त्रणबारे जानकारी दिए। सैपाल ग्याँस प्रालीका बजार व्यवस्थापक मनोज दाहालले एलपी ग्याँस, सिलिन्डर, ग्यास लिकेज, कारण र सुरक्षाका उपायको बारेमा उक्त कार्यक्रममा जानकारी दिए।
दाहालले भने, “सुदूरपश्चिमको विभिन्न ठाउँमा ग्याँस जन्य दुर्घटना धेरै नै घटिरहेका छन्। यसको कारणलाई नियाल्दा जनचेतनाको कमी प्रमुख देखियो। जनचेतना फैलाउनका निमित्त हालसम्म कुनै ठोस गतिविधि नभएको हुँदा हामीले सामाजिक उत्तरदायित्व बहन गर्दै यो जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने निर्णय ग¥यौ। पहिलो चरणमा हामीले र पन्चोदय माध्यमिक विद्यालयमा विद्यार्थी केन्द्रित गर्दै कार्यक्रम आयोजना गर्नेछौँ।
विद्यार्थीलाई सचेत गराइयो भने परिवार र समाज सचेत हुनेछ भन्ने हाम्रो विश्वास हो।“ ऐश्वर्या बहुमुखी कलेज र पञ्चदय माविमा कार्यक्रम आयोजना गरिएके थियो।
प्रतिक्रिया दनुहोस्