छ जनाको कोटामा आठ जना  शिक्षक भर्ना गर्दा २ शिक्षक विस्थापित हुने सम्भावना

बैतडी : सङ्घीय अनुदान कोटा आउने भन्दै उधारोमा भर्ना गरिएका दुई जना विज्ञान विषयका शिक्षक विस्थापित हुने सम्भावना बढेको छ । मेलौली नगरपालिकाले गत फागुनमा छ जना विज्ञान शिक्षकको कोटामा आठ जना विज्ञान शिक्षक भर्ना गरेको थियो । सङ्घीय अनुदान कोटा आइहाल्छ भन्दै उधारोमा भर्ना गरिएका शिक्षकको यो वर्ष अनुदान कोटा प्राप्त नभएपछि विस्तापित हुने देखिएको छ ।   

नगरपालिकाले २०८१ फागुनमा सङ्घीय सरकारबाट छ जना विज्ञान विषयका शिक्षकको अनुदान कोटामा आठ जना विज्ञान (बिएस्सी)  शिक्षक भर्ना गरेको थियो । आगामी आर्थिक वर्ष २०८२/८३ मा थप कोटा आउने आशामा विज्ञान शिक्षक भर्ना गरिए पनि यो वर्ष कोटा नआएकाले मेलौली नगरपालिका-९, स्थित विशालपुर मावि र ५ नम्बर वडामा रहेको दुर्गा मावि खलिगाडका विज्ञान विषय पढाउने शिक्षक विस्थापित हुने शिक्षा शाखा प्रमुख मुनु क्षेत्रीले बताए । 

Seti Hospital

उनले भने, “छ जना शिक्षकको कोटामा आठ जना भर्ना नगरौँ भन्दाभन्दै कार्यपालिका बैठकमा कसैले मानेनन् । फागुनमा भर्ना गरिएकाले छ जना बराबरको साउनदेखिको तलब बचेको थियो । थप दुई जनालाई असारसम्म तलब पुग्छ भनियो । यो वर्ष अनुदान कोटा आएन ।

अब साउनदेखि कहाँबाट तलब खुवाउने रु” मेलौली नगरपालिकाले गएको फागुनमा शीतलपुर मावि, दुर्गा मावि, जगदम्बा मावि, भरतपुर मावि, विशालपुर मावि, कमलपुर मावि, प्रीतिपुर मावि र सुदर्शन मावि गरी आठ वटा माविमा विज्ञान विषयका शिक्षक भर्ना गरेको थियो । कार्यपालिकाको सुरुको बैठकले प्रीतिपुर मावि र सुदर्शन माविबाहेकका छ वटा माविमा कोटा अनुसार विज्ञान शिक्षक भर्ना गर्ने निर्णय भएको शिक्षा समिति सदस्य एवं मेलौली नगरपालिका–९ का वडाध्यक्ष लोकराज भट्टले बताए।  

नगरप्रमुखले विवाद मिलाउन अर्को वर्ष कोटा आइहाल्छ भन्दै थप दुई वटा विद्यालयमा शिक्षक भर्ना गर्ने एकल निर्णय गरेको उनले बताए । यो विषयमा नगरप्रमुख भीमबहादुर चन्दले कुनै प्रतिक्रिया दिएनन्
 । 

विस्थापित हुने भनिएका विशालपुर मावि र दुर्गा माविका प्रधानाध्यापक र शिक्षकले विद्यालयमा विज्ञान विषय पढाउने शिक्षक विस्थापित गर्न नहुने माग गरेका छन् । विशालपुर माविका प्रधानाध्यापक खड्कसिंह विष्टले उधारोमै भए पनि पहिलो पटक बिएस्सी शिक्षक पाएकाले शिक्षकको जिम्मेवारी नगरपालिकाले बेहोर्नुपर्ने बताए ।   

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार