आज जुन २६, तस्करीविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ : आज जुन २६ तारिख अथात् अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरेर मनाइँदैछ। यस वर्ष ‘जन्जिर तोडौँ स् सबैका लागि रोकथाम, उपचार र पुनर्स्थापना’ नाराका साथ विश्वव्यापी रुपमा यो दिवस मनाउन लागिएको हो। विश्व समुदायलाई लागू औषधको असर र कारोबारबाट मुक्त गराउनु दिवसको उद्देश्य रहेको छ।

आज नेपाल प्रहरीलगायत सरोकारवाला अरु निकायले अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध जनचेतना जगाउन सचेतनामूलक कार्यक्रम गर्दै छन्। हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका रुपमा मनाउने निर्णय संयूक्त राष्ट्रसङ्घको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख छ।

Galaxy

विश्वमा पछिल्लो एक शताब्दीबाट लागू औषधको कारोबार र त्यसको प्रयोग गर्नेको सङ्ख्या धेरै बढेको पाइन्छ। लागू औषधको असन्तुलित प्रयोगले मात्र विश्वमा हरेक वर्ष १ लाख ९० हजार जनाको ज्यान जाने गरेको तथ्याङ्क छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार