धनगढी – सुदूरपश्चिम प्रदेश युवा परिषद्का नवनियुक्त उपाध्यक्ष गजेन्द्र सावदलाई कैलाली जिल्ला खेलकुद समितिद्वारा विशेष समारोहका बीच स्वागत तथा सम्मान गरिएको छ। कार्यक्रम मंगलबार धनगढीस्थित खेलकुद समितिको कार्यालयमा सम्पन्न भयो।
समारोहमा सावदलाई माला, खादा, दोसल्ला र मायाको चिनो प्रदान गरिएको थियो। समितिका प्रमुख आश्रम केशिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खेलकर्मी, प्रशिक्षक, कर्मचारी तथा समाजसेवीहरूको उपस्थिति थियो।
कार्यक्रममा प्रमुख केशिले सावदको नियुक्तिलाई प्रदेशको युवा तथा खेलकुद क्षेत्रको लागि उत्साहजनक भन्दै शुभकामना व्यक्त गरे। सावदले आफ्नो कार्यकालमा युवा सशक्तीकरण, खेलकुदको विकास र नीति निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए।
प्रतिक्रिया दनुहोस्