सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर : सुदूरपश्चिम प्रदेशमा बुधवार र बिहिवार सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको महाकाली बेसिन कार्यालयले जनाएको छ।

सुदूरपश्चिमका कञ्चनपुर, कैलालीमा सामान्य वर्षा र पहाडी जिल्लाका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाकाली बेसिन कार्यालय अत्तरियाका प्रमुख संजय कुमार शाहले बताए।

आज दिउँसो आंशिक वर्षा हुने छ भने पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ्ङसहित हल्का वर्षा हुने सम्भावना छ। रातिको समयमा पहाडी जिल्लाहरूमा पहिरो जान सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। यस्तै, बुधवार बिहानसम्म महाकाली नदीको जल सतह सामान्य रहेको महाकाली बेसिन कार्यालय अत्तरियाका प्रमुख शाहले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार