बैतडीको मेलौलीमा नगरस्तरीय “छलिया” प्रतियोगिता हुदैं, प्रथमलाई ३५ हजार

बैतडी : मेलौलीमा असार १३ र १४ गते नगरस्तरीय छलिया प्रतियोगिता हुने भएको छ। मेलौली भगवती मन्दिरको प्राङ्गणमा प्रतियोगिता सञ्चालन हुने जनाईएको छ।

मेलौली नगरपालिका सामाजिक विकास समितिको आयोजनामा र नगरपालिकाको सहयोगमा नगरस्तरीय छलिया प्रतियोगिता हुने कार्यपालिका सदस्य धरमसिह दयालले बताउनुभयो। पालिका भरीका नौ ओटै वडाका छलिया कलाकारहरुलाई सहभागिताका लागि नगरपालिकाले अनुरोध गरेको छ।

Galaxy

प्रतियोगितामा प्रथम हुने छलिया टिमलाई नगद ३५ हजार, द्धित्तीय हुने टिलमाई नगद २५ हजार र तृतीय हुने टिमलाई नगद १५ हजार प्रदान गरिने कार्यपालिका सदस्य दयालले जानकारी दिनुभयो। सहभागि अन्य टिमलाई ५ हजारसहित खान बस्न र नास्ताको ब्यवस्ता गरिने जनाईएको छ।

छलिया टिमसगै भडाह, चैतलो, फाग, सगुन, श्रीपन्चमी र भैनी पनि कार्यक्रममा समेटिने छ। प्रतियोगिताका निर्णाकहरुमा बरिष्ट देउडा गायक महेश कुमार औजी, कलाकार मनोहर परियार र मोहन औजीलाई राखिएको छ। कार्यक्रममै गायक शेरी औजीको पनि प्रस्तुती रहने छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार