कञ्चनपुरमा कोटामार्फत रासायनिक मल बिक्रीवितरण

कञ्चनपुर : कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले कोटा निर्धारण गरी स्थानीय तहलाई रासायनिक मलको बिक्री वितरण सुरु गरेको छ। प्रदेश मल वितरण व्यवस्थापन समितिको निर्णयअनुसार नगरपालिकालाई ६९ देखि ९० मेट्रिकटन र गाँउपालिकाका लागि ५५ दशमलव नौ मेट्रिकटनका दरले डीएपी मल वितरण गर्ने गरी कोटो निर्धारण गरिएको कृषि सामग्री कम्पनी महेन्द्रनगरका निमित्त प्रमुख सुन्दर केसीले बताए।

कम्पनीलाई भैरहवा कार्यालबाट ६९८ दशमलव ४ मेट्रिक टन डीएपी मल प्राप्त हुनेछ। जसमध्ये हाल २५० मेट्रिकटन डीएपी प्राप्त भइ र वितरण सुरु भएको उनको भनाइ छ। हाल कम्पनीसँग १८९ दशमलव १५ मेट्रिकटन डीएपी, ९७४ दशमलव ४५ मेट्रिकटन युरिया र ७६ दशमलव ५ मेट्रिकटन पोटास छ। उनका अनुसार चालु आवमा तीन हजार ८८० मेट्रिकटन डीएपी र पाँच हजार ४५३ मेट्रिकटन युरिया बिक्री तथा वितरण भइसकेको छ।

Seti Hospital

कम्पनीले युरिया प्रतिबोरा ९४०, डीएपी प्रतिबोर दुई हजार ३९४ र पोटास प्रतिबोरा एक हजार ७९४ रूपैयाँका दरले सहकारीलाई बिक्री भइरहेको छ। जिल्लामा अनुदानको युरिया मल पर्याप्त भए पनि डीएपी मलको भने अभाव छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार