धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय यु–१९ टी–२० महिला क्रिकेट प्रतियोगिता भोलि देखि सुरु हुने

धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्य सहर धनगढीमा यु–१९ टी–२० महिला क्रिकेट प्रतियोगिता यही असार १२ गतेदेखि सुरु हुने भएको छ। सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको आयोजनामा हुन लागेको प्रतियोगिता प्रदेशस्तरीय स्तरमा हुने हो, जसमा बाजुरा बाहेक ८ जिल्लाका टिमहरूको सहभागिता रहनेछ।

प्रतियोगिताको उद्घाटन समारोह असार १२ गते फाप्ला क्रीकेट मैदानमा आयोजना गरिनेछ। आयोजकका अनुसार प्रतियोगितामा कुल ८ वटा टिमहरूले प्रतिस्पर्धा गर्नेछन् । जसमा कैलाली, कञ्चनपुर, डोटी, अछाम, बझाङ, बैतडी, दार्चुला र डडेल्धुराका महिला टोलीहरू सहभागी हुनेछन्।

Seti Hospital

प्रदेश खेलकुद परिषदका सदस्य सचीव लोक बहादुर खड्का (रबि) ले प्रतियोगिताको बिजेताले नगद २ लाख सहित ट्रफी तथा मेडल पाउने जानकारी दिए । यस्तै उप-बिजेताले नगद १ लाख सहित ट्रफी तथा मेडल प्राप्त गर्ने छन् । प्रतियोगितामा तृतीय र चौथो स्थान प्राप्त गर्ने टिमले नगद ५० हजार सान्त्वना पुरस्कार पाउने छन् ।

परिषदका अनुसार प्रतियोगिताको उद्देश्य महिला क्रिकेट खेलप्रति युवतीहरूलाई आकर्षित गर्नु र प्रतिभाशाली खेलाडीहरू पहिचान गर्नु रहेको छ। प्रतियोगिता असार १९ गतेसम्म सञ्चालन हुने छ। खेलहरू प्रतिदिन बिहान र दिउँसो गरी दुई सत्रमा खेलाइनेछन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार