बैतडी : सुदूरपश्चिम प्रदेशको दक्षिण कञ्चनपुरको ब्रह्मदेवदेखि बैतडीको झुलाघाट हुँदै उत्तरको दार्चुला–टिङ्कर जोड्ने महाकाली कोरिडोरको ४१३ मध्ये करिब तीन सय किलोमिटरममा ट्र्याक खुलेको छ । चीन र भारतको सीमा जोड्ने व्यापारिक महत्त्वको महाकाली कोरिडोर सुदूरपश्चिमको विकासका लागि कोसेढुङ्गा मानिएको छ ।
कोरिडोरको ४१३ किलोमिटर सडकमध्ये ३३४ किलोमिटर सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन आयोजना कार्यालयले निर्माण गर्दै छ । आयोजनाले २८१ किलोमिटर पूरा गरेको छ । दार्चुलाको तुसारपानीदेखि टिङ्करसम्मको ७९ किलोमिटर चट्टानी भागमा नेपाली सेनाले निर्माण गर्दै छ ।
नेपाली सेनाले हेलिकोप्टरबाट छाङरुमा एक्साभेटर पुर्याएर निर्माणको काम अघि बढाएको हो । सेनाले अहिलेसम्म १७ किलोमिटर सडक खनिसकेको छ । सेनाले यो वर्ष मात्रै १.८ किलोमिटर सडक निर्माण गरेको छ । आयोजनाले जिम्मा पाएको कञ्चनपुरमा ११ किलोमिटर, डडेलधुरामा ५८ किलोमिटर, बैतडीमा १४४ किलोमिटर र दार्चुलामा १२१ किलोमिटर गरेर ३३४ किलोमिटर सडक रहेको छ । सोमध्ये हालसम्म २८१ किलोमिटर सडकको ट्र्याक खुलिसकेको छ ।
प्रतिक्रिया दनुहोस्