विपद् जोखिम न्यूनीकरणका लागि उच्च सतर्क रहन मुख्यमन्त्री शाहको निर्देशन

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायका प्रमूख तथा मातहतका निकायलाई विपद्को जोखिम न्यूनीकरणका लागि सतर्क रहन निर्देशन दिएका छन् । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् पूर्वानुमान तयारीको अवस्था र सहजीकरण सम्बन्धी बैठकमा मुख्यमन्त्री शाहले यस्तो निर्देशन दिएका हुन् । 

विपद्को भयाभह स्थिती आउन नदिनका लागि वडास्तरबाटै जनप्रतिनिधिसँग समन्वय गर्न, राहत तथा उद्धारका आवश्यक सामाग्री बन्दोबस्त गर्न र साझेदार संघसंस्थाको साझेदारीमा लाग्न मुख्यमन्त्री शाहले निर्देशन दिए । बैठकमा कैलाली र कञ्चनपूरका प्रमुख जिल्ला अधिकारी, प्रदेशस्थित सुरक्षा निकायमा प्रमूख र साझेदार संस्था नेपाल रेडक्रस सोसाइटी, यूएनडिपी र डब्लूएफपीका प्रतिनिधिहरु सहभागी थिए । 

Seti Hospital

बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिराबहादुर सार्की,  प्रदेशका प्रमुख सचिव डा। कमलप्रसाद पोखरेल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव डा बीरेन्द्रकुमार मिश्र, कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी डम्बरबहादुर बिक लगायतको उपस्थिति रहेको थियो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार