काठमाडौं : मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेको छ । नेप्से १.०८ अंकले बढेर २६०१.८४ विन्दुमा पुगेको छ ।
आज ५ अर्ब ७६ करोड ७८ लाख ९५ हजार रुपैयाँ बराबरको १ करोड ३८ लाख १८ हजार ५५९ कित्ता शेयर कारोबार भएको छ ।
मंगलबार १०७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । आज ३१६ वटा कम्पनी कारोबारमा आउँदा ६२ हजार ७५५ पटक शेयर किनबेच भएको छ ।
प्रतिक्रिया दनुहोस्