सन्दीप नेतृत्वको ब्रिज-११ ले जित्यो ‘दि ब्रिज डिकेट कप’ को उपाधि

काठमाडौं : दि ब्रिज डिकेट कपको उपाधि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने नेतृत्वको ब्रिज–११ ले जितेको छ ।

वील्सायरस्थित डेभाइज क्रिकेट क्लब मैदानमा भएको दोस्रो मैत्रीपूर्ण क्रिकेट खेलमा ब्रिज–११ ले डेभाइज क्रिकेट क्लबलाई १२७ रनले हराउँदै उपाधि जितेको हो । 

Seti Hospital

लन्डनमा टस हारेर पहिला बलिङ गरेको ब्रिज ११ का लागि म्यानी गुरुङले २६ बलमा ५१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै, दिवस गिरीले ३७ बलमा ६२ रन तथा कप्तान सन्दीप लामिछानेले २४ बलमा ५४ रन जोडे । 

बलिङतर्फ डेभाइजका जर्ज डनफोर्ड, क्यामरून ली र अल गवले समान रूपमा दुई/दुई विकेट लिए ।

ब्रिज-११ ले दिएको ३०७ रनको लक्ष्य पछ्याएको डेभाइज क्रिकेट क्लबको लागि थमस एन्ड्र्युले ७१ बलमा १०१ रनको शतकिय पारी खेले । त्यस्तै  लुक ह्याम्बलिनले ३९ बलमा १० रनको योगदान दिए ।

बलिङतर्फ ब्रिज-११ का सन्दीप लामिछानेले एक विकेट, मोसेसले दुई तथा अमित, बिकास र मार्क बर्टनले समान रूपमा एक/एक विकेट लिए ।

खेलपछि कप तथा ट्रफी वितरण समारोहमा ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भुवन गिरीले १० वर्षे यात्रामा समाजप्रतिको उत्तरदायित्वका रूपमा खेल प्रतियोगिता गर्न पाएकामा सन्तुष्टि व्यक्त गरे । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार