गृहमन्त्री रमेश लेखकले पारे भिजिट भिसा प्रकरणमा स्पष्ट

काठमाडौँ :  गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा स्पष्ट पारेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले भिजिट भिसा र अध्ययनका सम्बन्धमा अख्तियारले अनुसन्धान गरिरहेकाले यसको निष्कर्ष आएपछि आवश्यकताअनु्सार अनुसन्धान गरिने बताएका छन् । 

उनले जिम्मेवार आयोगले नै छानबिन गरिरहेकाले अर्को छानबिन समिति गठन गर्नु उपयुक्त नहुने बताउँदै अख्तियारले चाहेको सहयोग सरकारले व्यवस्था गरेका छन् । 

Seti Hospital

त्यस्तै दोस्रो बुँदामा उनले लामो समयदेखिको भिजिट भिसा प्रकरणको विगतदेखिको समस्या समाधान गर्नका लागि सरकार तत्पर रहेको र त्यसका लागि सरकारले महत्वपूर्ण निर्णय गरेको बताए । 

उनले अध्यागमनका सम्बन्धमा धेरै समस्या रहेको बताउँदै ती विगतदेखि नै हुँदै आएको जानकारी दिँदै कसरी सहज बनाउने भिजिट भिसाबारे भन्ने बारेमा सरकार गम्भीर रुपले ध्यानाकृष्ट भएको बताए । 

उनले हिजो नै सरकारले विगतदेखिका समस्या समाधान गर्न ठोस पहल गर्ने निर्णय गरेको जानकारी दिएका छन् । उनले हिजो नै अख्तियारको कार्यमा असर नपर्ने गरी उच्च स्तरीय छानबिन समिति गठन गरिएको बताएका छन् । 

समितिलाई १३ कार्यादेश दिइएको छ । तीन महिनाभित्र समितिले प्रतिवेदन तयार गर्नेछ । पूर्व मुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा ६ सदस्यीय समिति बनाइएको हो ।

गृहमन्त्रीले विशेष समय लिएर बोल्दा राप्रपा र रास्वपा शान्त रहे । उनीहरुले गत जेठ १३ गतेदेखि निरन्तर विरोध गर्दै आएका थिए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार