डोटी-अछाम ३३ केभी प्रसारण लाइनमा खराबी आउदा तीन जिल्लाको विद्युत सेवा अवरुद्ध

अछाम : डोटी-अछाम ३३ केभी प्रसारण लाइनमा खराबी आएपछि तीन जिल्लाको विद्युत सेवा अवरुद्ध भएको छ । प्रारण लाइनमा खराबी भएपछि सोमबार बेलुकीबाट अछाम, बाजुरा र कालिकोट जिल्लाको विद्युत सेवा अवरुद्ध भएको हो ।

विद्युत प्रवाहमा समस्या आएको भन्दै अछाम वितरण केन्द्रले सामाजिक सञ्जालमा एक सूचना जारी गरेर समाधानको प्रयास भइरहेको जनाएको छ । विद्युत के कारण र कहाँ अवरुद्ध भएको हो भन्ने बारेमा पत्ता लाएर समाधानको कार्य भइरहेको जनााइएको छ । सोमबार बेलुकीबाट विद्युत अवरुद्ध हुँदा तीन जिल्लाका उपभोक्ता मारमा परेका छन् । डोटी-अछाम वितरण केन्द्रमा विद्युत प्रसारण लाइनमा विभिन्न समस्याका कारण विद्युत सेवा अवरुद्ध हुने गरेको छ । 

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार