बैतडी : मेलौली नगरपालिका–०७ काडाँमा रहेको मणिलेक नमुना माध्यमिक विद्यालयमा राष्ट्रिय सेवा दल (एनसिसि) गठन गरिएको छ। नेपाली सेना मार्फत चल्ने यो कार्यक्रम मणिलेक माविमा पनि सञ्चालन गरिएको प्रधानाध्यापक देबदत्त कलौनीले बताउनुभयो।
अनुशासन नै राष्ट्र सेवाको मुल जग हो भन्ने आदर्श वाक्य रहेको राष्ट्रिय सेवा दल तालिम मणिलेक नमुना माध्यमिक विद्यालयमा सुरु गरिएको छ। १५ जना छात्र र १५ जाना छात्रा गरि ३० जना विद्यार्थी तालिममा सहभागि भएका छन। ५ जना छात्र र ५ जाना छात्रा भने बैकल्पीकको रुपमा राखिएको प्रधानाध्यापक कलौनीले जानकारी दिनुभयो।
तालिम अवधि १ सय दिनको हुने र त्यसमा ७९ दिन संस्थागत तालिम र २१ दिन सामुहिक क्याम्प सञ्चालन हुने जनाईएको छ। तालिममा छात्र/छात्राहरुलाई एफसी, बिसी, म्याप रिडिंग, बिपद व्यवस्थापन, ड्रिल, तेक्वान्दो खेलका साथै एरोबिक्सहरुको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइने तालिममा खटिएका नेपाली सेनाका प्रशिक्षकहरुले बताउनुभयो।
तालिम पुरा भए पछि आम नागरिकलाई सहयोग पुरयाउने उद्देश्यले नै राष्ट्रिय सेवा दल एनसिसि गठन भएको र अनुशासित नागरिक बनाउन मद्दत पुग्ने, देशमा प्राकृतिक बिपद तथा संकट तथा उद्धारमा सहयोग हुने जनाईएको छ। तालिम अतिनै महत्वपुर्ण रहेको र अनुशासित तथा सहयोगी भावनाको बनाउन मद्दत पुग्ने ईलाका प्रहरी कार्यालय तस्वदेही मेलौलीका प्रमुख नरेन्द्र बहादुर चन्दले बताउनुभयो।
यसैगरी मेलौली नगरपालिका नगर प्रमुख भिम बहादुर चन्दले यो तालिम अति महत्वपूर्ण रहेको बताउदै पालिकाबाट हुने हरेक तवरको साथ सहयोग गर्ने बताउनुभयो। तालिम नेपाली सेनाद्धारा खटिएका प्रशिक्षकहरुले दिनेछन।
तालिम उद्घाटन समारोहमा नगर प्रमुख चन्द, वडा नं. ९ का वडाध्यक्ष लोकराज भट्ट, वडा नं. ७ का वडाध्यक्ष रामचन्द्र भट्ट, वडासदस्यहरु, मणिलेक माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशब दत्त भाट, शिक्षक अभिभावक सघंका अध्यक्ष सुरेन्द्र भाट, ईलाका प्रहरी कार्यालय मेलौलीका प्रमुख चन्द, नेपाली सेना बैतडीका प्रमुख, विद्यालयका शिक्षकहरु, अभिभावकहरु र पत्रकारको सहभागिता रहेको थियो।
प्रतिक्रिया दनुहोस्