बैतडी : मेलोली नगरपालिका–०७ गाउँकोटमा रहेको भरतपुर माध्यमिक विद्यालयका दुईजना छात्रालाई झोला वितरण गरिएको छ। विद्यालयका प्रधनाध्यापक गोकर्ण दयालको पहलमा सम्पूर्ण शिक्षकहरुको आर्थीक सहयोगमा झोला वितरण गरिएको हो।
आर्थीक अवस्था कमजोर भएका कक्षा ७ मा अध्ययनरत कमला चन्द र नारु चन्दलाई “विद्यालय झोला” वितरण गरिएको प्रधनाध्यापक दयालले बताउनुभयो। कापि, किताव, कलम लगायतका शैक्षिक सामग्री सुरक्षित झोलामा राख्न सहज होस भनेर मंगलबार विहान झोला वितरण गरिएको हो।
विद्यालय झोला किन्न सक्ने समेत क्षमता नभएको अवस्थामा शिक्षकहरुले मिलेर झोला वितरण गर्दा आफुहरुलाई खुसि लागेको विद्यार्थीहरुले बताएका छन। आफुहरुलाई शिक्षकहरुले झोला दिदां अत्यन्तै खुसि लागेको र पढाईमा थप टोवा पुग्ने आशा गरिएको छ।
प्रतिक्रिया दनुहोस्