धनगढीमा ‘क्यारियर गाइडेन्स तालिम तथा भेटघाट कार्यक्रम’ सम्पन्न

भक्तराज जोशी

धनगढी । विद्यार्थीको भविष्य निर्धारणमा शिक्षकको भूमिका सशक्त बनाउने उद्देश्यका साथ ‘क्यारियर गाइडेन्स काउन्सिलिङ’ सम्बन्धी एकदिने ‘ट्रेनिङ अफ ट्रेन्ड (ToT)’ तालिम धनगढीमा सम्पन्न भएको छ । स्किल ल्याबको आयोजनामा CG-ENSSURE (Career Guidance – Enhanced Skills for Sustainable and Rewarding Employment) परियोजना अन्तर्गत आयोजित उक्त तालिममा धनगढी आसपासका सामुदायिक तथा निजी विद्यालयका २६ जना शिक्षकहरूको सहभागिता रहेको थियो ।

बाल्मीकि इन्टरनेशनल स्कुलको सभाहलमा सम्पन्न तालिममा सोही विद्यालयका प्रधानाध्यापक द्रोणाशिष न्यौपाने स्वयं सहभागी बनेका थिए । उनले विद्यालयमा क्यारियर गाइडेन्स फोकल शिक्षक तोकीने र छुट्टै ‘क्यारियर गाइडेन्स युनिट’ स्थापनाका लागि स्थान छुट्याइने प्रतिबद्धता व्यक्त गरे ।

Seti Hospital

तालिममा सहभागी शिक्षकहरूले विद्यालय तहमा क्यारियर गाइडेन्स काउन्सिलर बन्न आवश्यक सीप, क्यारियर डिस्कभरी पाथवे म्यापिङ, कक्षा सञ्चालनका डिजिटल उपकरण तथा विधिबारे जानकारी प्राप्त गरेका थिए । पूर्व प्रधानाध्यापक लगायत वरिष्ठ शिक्षकहरूको सहभागिताले क्षेत्रमै विद्यार्थी केन्द्रित मार्गदर्शन संस्कृति विकास गर्ने दृढ इच्छाशक्ति देखिएको आयोजकको भनाइ छ ।

समापन सत्रमा आयोजक स्किल ल्याबका प्रतिनिधिहरूले तालिम प्राप्त शिक्षकहरूले अब आफ्ना विद्यालयहरूमा क्यारियर गाइडेन्स सत्र सञ्चालन गर्नुपर्ने अपेक्षा राखिएको बताए । यसले विद्यालय भित्र दीर्घकालीन रूपमा मार्गदर्शन सेवा स्थापना गर्न र विद्यालयबाहिरका युवालाई समेत लक्षित सेवा विस्तार गर्न टेवा पुग्नेछ ।

यस परियोजना हेल्भेटास नेपालको सहयोगमा सञ्चालनमा आएको हो, जुन नेपाल सरकारको बेरोजगारी न्यूनीकरण सम्बन्धी समग्र योजनाअन्तर्गत कार्यान्वयनमा ल्याइएको हो ।

कार्यक्रमकै अवसरमा आयोजित ‘मीट एण्ड ग्रिट’ कार्यक्रममा विभिन्न नगरपालिका तथा व्यापारिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । स्किल ल्याबको प्रविधि टोलीले आफ्नो डिजिटल प्लेटफर्मको प्रस्तुति दिँदै नेपालको शिक्षा प्रणाली र दक्ष जनशक्ति निर्माणमा कसरी प्रविधिले टेवा दिइरहेको छ भन्ने विषयमा जानकारी गराए ।

उक्त कार्यक्रममा कैलाली होटल संघका अध्यक्ष केशव पाण्डे, कैलाली चेम्बर अफ कमर्शका शिवकुमार फुलान, धनगढी उपमहानगरपालिकाका रवी तामाङ, र बाल्मीकि इन्टरनेशनल स्कूलका अध्यक्ष दिनेशराज भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

स्किल ल्याबको एआई प्रविधिमा आधारित करियर गाइडेन्स प्लेटफर्म नेपाल, फिलिपिन्स, इन्डोनेसिया, मलेसिया र सिङ्गापुरमा समेत सञ्चालनमा रहेको छ । सरकारी तथा निजी साझेदारीमा आधारित यो प्रविधि दक्षिण एसियामा करियर परामर्श र रोजगार मार्गदर्शनमा प्रभावकारी रूपमा प्रयोग भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार