धनगढी : देशका ७३ जिल्लामा डेंगी संक्रमण फैलिएकोमा सुदूरपश्चिमका सबै जिल्लामा संक्रमित भेटिएका छन् । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशमा डेंगी संक्रमितको संख्या एक सय ८४ रहेको छ ।
बिज्ञापन
डेंगी संक्रमित सात प्रदेशमध्ये सबैभन्दा बढी बागमतीमा ३७१ जना छन् । यस्तै, कोशीमा २९९, गण्डकीमा २५१, लुम्बिनीमा २४५, कर्णालीमा ३२ जना र मधेशमा २१ जना संक्रमित रहेको बताइएको छ । उच्च ज्वरो आउने, टाउको, घाँटी, आँखाको गेडी दुख्ने, हाडजोर्नी, मांसपेशी र ढाड दुख्ने डेंगीका प्रमुख लक्षण हुन् ।
प्रतिक्रिया दनुहोस्