मुगुमा करेन्ट लागेर १० खच्चरको मृत्यु

मुगु : मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–११ कुसा टाउमा करेन्ट लागेर दशवटा खच्चरको मृत्यु भएको छ।

जिल्ला सदरमुकाम गमगढीबाट सामान लिएर मुगुम कार्मारोङ गाउँपालिका जाँदै गरेका खच्चरहरूलाई नेपाल विद्युत् प्राधिकरण गमगढी वितरण केन्द्रअन्तर्गतको ट्रान्समिटरबाट विद्युत् चुहावट हुँदा करेन्ट लागेको हो।

Seti Hospital

छायाँनाथ–१ निवासी खच्चड धनी कन्नबहादुर मल्लका अनुसार, कम क्षमताको ट्रान्समिटर जडान गरिएको र अर्थिङ प्रणाली असुरक्षित हुँदा हिजो दिउँसो यो घटना भएको हो। उनले विद्युत् प्राधिकरणसँग क्षतिपूर्तिको माग गरेका छन्।

स्थानीयवासीहरूले विद्युत् प्राधिकरणको लापरवाहीका कारण वितरण प्रणाली असुरक्षित भएको भन्दै दैनिक रूपमा समस्या भोग्नुपरेको गुनासो गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार