इरानमा रहेका १६ नेपाली नागरिकमध्ये ५ जना जेलमा

काठमाडौँ : सरकारले इजरायलसँग युद्धमा रहेको देश इरानमा १६ नेपाली रहेको जनाएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे सांसदहरूले उठाएको प्रश्नमा जवाफ दिने क्रममा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले इरानमा १६ जना नेपाली रहेको जानकारी दिएकी हुन् । 

‘इरानमा १६ नेपाली रहनुभएको छ । ११ जना मसाद भन्ने स्थानमा हुनुहुन्छ । ५ जना भने गैरकानुनी रूपमा गएकाले इरानको जेलमा हुनुहुन्छ,’ राणाले भनिन् । उनले मंगलबार भारतीय विमानमा ११ जना भारतसम्म आइपुग्ने जानकारी समेत संसदलाई दिइन् । भारतले आफ्ना नागरिकलाई उद्धार गर्दा नेपालीलाई पनि उद्धार गरिदिने बताएकाले सरकारले सहमति जनाएको उनको भनाइ छ । 

Seti Hospital

११ जनामध्ये एक जनाको ट्राभल डकुमेन्ट नभएकाले बनाउन प्रक्रिया सुरु भएको सो क्रममा परराष्ट्र मन्त्री डा. राणाले जानकारी दिइन् । यसैगरी ५ जना नेपाली नागरिक गैरकानुनी रूपमा त्यहाँको जेलमा रहेकाले यही अवस्थामा कसरी छुटाउन सकिन्छ भनेर पहल भइरहेको उनको भनाइ छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार