धनगढी : कैलालीको धनगढीमा मृत फेला परेकी युवतीको प्रारम्भिक अनुसन्धानबाट हत्या भएको देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
सोमबार बिहान धनगढी उपमहानगरपालिका–२, बैयाबेहडीस्थित आफ्नै कोठामा कञ्चनपुरको पुनर्वास नगरपालिका–११ की ३० वर्षीया रेणु चौधरी मृत फेला परेकी थिइन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार युवतीको घाँटी र कन्चटमा धारिलो हतियारको चोट छ ।
‘घटना शंकास्पद छ,’ डीएसपी सिंहले भने, ‘घटनाको अनुसन्धानका लागि हामीले तालिमप्राप्त कुकुरको पनि प्रयोग गरेका छौँ ।’ शवमा गन्ध आएका कारण केही दिनअघि नै उनको हत्या भएको आशंका गरिएको छ ।
डीएसपी सिंहका अनुसार बाहिरबाट ताला लगाएको कोठामा चौधरी मृत फेला परेकी हुन् । चौधरी खानेपानी संस्थान धनगढीमा कार्यालय सहयोगी थिइन् । कार्यालयका अनुसार चौधरीलाई बिहीबार धनगढी उपमहानगरपालिकाले आयोजना गरेको एक तालिममा पठाइएको थियो । सोही दिनदेखि उनी कार्यालयमा आएकी थिइनन् ।
प्रतिक्रिया दनुहोस्