बैतडीको सिगासले ल्यायो ५५ करोड ९० लाखको अनुमानीत बजेट

बैतडी : बैतडीको सिगास गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८२/८३ का लागि ५५ करोड ९० लाख ७४ हजार १ सय ९ रुपैयाँको अनुमानित बजेट ल्याएको छ। शनिबार गाउँपालिकाको १७ औं गाउँसभाको दोश्रो बैठकमा उपाध्यक्ष धाना धामीले उक्त बजेट पेश गरेकी हुन्।

गाउँपालिकाले चालुतर्फ ३७ करोड ४९ लाख ६७ हजार १ सय ९ रुपैयाँ र पूँजीगतर्फ १८ करोड ४१ लाख ७ हजार रुपैयाँ विनियोजन गरेको छ। गाउँपालिकाले नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानतर्फ रु। ९ करोड ६० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदानतर्फ रु। ८२ लाख ३० हजार रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरेको छ।

Seti Hospital

यस्तै नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडतर्फ रु। १० करोड ७३ लाख ९८ हजार १ सय ९ रुपैयाँ , प्रदेश सरकारबाट प्राप्त हुने राजस्व २९ लाख ७१ हजार रुपैयाँ, नेपाल सरकारबाट प्राप्त हुने सशर्त अनुदान तर्फ रु। २२ करोड ९९ लाख रुपैयाँ र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान तर्फ रु ७० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको उपाध्यक्ष धामीले बताइन्।

यस्तै गाउँपालिकाको आन्तरिक आयतर्फ रु। ७६ लाख १५ हजार रुपैयाँ, चालु आर्थिक बर्षमा हुन सक्ने बैंक मौज्दात ४ करोड ७० लाख ६० हजार रुपैयाँ समेत गरी ५५ करोड ९० लाख ७४ हजार १०९ रुपैयाँ आम्दानी हुने अनुमान गरिएको बजेट वक्तव्यमा उल्लेख गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार